Translate

Sunday, May 6, 2012

आज के के भयो माछापुछ्रे हिमपहिरोको थप जानकारी....



आज  प्रधानमन्त्री बाबुराम भट्टराईले सेती नदीमा आएको बादीको नीरीछन्  गर्नु भयो. नेपाली सेनाको हेलिकोप्टरमा आएका प्रधानमन्त्री भट्टराईले मृतकको काजक्रियाकालागि जनही २५ हजाररुपैया, प्रति मृतक १ लाख रुपैयाँ र घरबारबिहीनलाई २५ हजार रुपैयाँ राहतको घोषणा गरे ।

यसैगरी घाईते सबैको उपचार खर्च सरकारले बेहोर्ने उनले बताए । प्रधानमन्त्री भट्टराई, माओवादी अध्यक्ष पुष्मकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री बिजयकुमार गच्छदार, हिसिला यमी, मुख्य सचिव माधवप्रसाद घिमिरे र गृह सचिवसहितको टोलीले खारापानी र पहिरो खसेको माछापुच्छ्रे हिमाल क्षेत्रको अवलोकन गरेका थिए.

हालसम्म बाढीमा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । उनीहरुमध्ये १२ जनाको सनाखत पछि आफन्तले अन्तिम संस्कारकालागि बुझीसकेका छन । अन्य शव क्षेत्रीय अस्पतालमा राखिएको प्रहरी निरीक्षक रबिन्द्र पौडेलले बताए । यसैगरी सार्दीखोला, ७ खारापानीमा ढुंगाले छाएका ४ घर १६ टहरा, २ मन्दिर र ३ झोलुंगे पुल बगाएको प्रहरीले जनाएको छ । यस्तै ७ वटा ट्याक्टर, ३ वटा मिनीट्रक, एक ठूलो ट्रक, एक मोटरसाईकल ५२ खसी बाख्रा र ७ गाईभैसी बगाएको छ ।प्रभावित क्षेत्रमा नेपाल प्रहरीको उद्धार कुकुर काठमाडौंबाट झिकाएर परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका १ सय ३८, सशस्त्र प्रहरीका २ सय १४ र नेपाल प्रहरीका १ सय ८५ सुरक्षाकर्मी परिचालिन छन् । 

केहि फोटोहरु: इकान्तिपुर बाट साभार गरियको...

घटनास्थल नजिकै उद्धार स्टेशनमा राखिएको मृतक र बेपत्ताको सुची । आइतवार बिहान राखिएको यो बोर्डपछी पनि धेरै मानिसहरु बेपत्ताको नाम दिन प्रहरी कहाँ आएका छन् । घटनामा १५ जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता छन् । तस्विरः ईश्वरी न्यौपाने/ईकान्तिपुर ।






















If you enjoyed this post and wish to be informed whenever a new post is published, then make sure you Subscribe to our regular Email Updates.




Receive all updates via Facebook. Just Click the Like Button Below

You can also receive Free Email Updates:

Powered By Blogger Widgets