Translate

Friday, May 25, 2012

राजेश हमाल र दिपाश्री निरौलाको खास कुरा के हो ?

२५ गते साँझ "दिपाश्रीको विवाह राजेश हमालसंग हुँदैछ: दिपाश्रीका गुरु कामेश्वर" भन्ने शिर्षकमा समाचार छापिएको थियो  पत्रकार मोहन भट्टराईले लेख्नु भएको उक्त समाचार थीयो त्यो   पछि सोहि समाचारलाइ विराटनगरको एक स्थानीय पत्रिका "विराटपथ दैनिक" ले छापेपछि समाचारले व्यापक हल्ला पायो 

खास पत्रिकामा के  छापेको रैछ ?

दिपा निरौला कसरी दिपाश्री भइन् भन्ने पुरानो रहस्यका साथै दिपाश्रीका गुरु कामेश्वर झाले उनको जीवनको अर्को नयाँ कुराको रहस्य पनि थाहा पाएका रहेछन् अहिले दिपाश्रीले राजेश हमालसंग विवाह गर्नेवाला छिन् भन्ने कुरा पनि उनले थाहा पाएका रहेछन् तर मलाई अचम्म लागिरहेको ’–दिपाश्रीले राजेशसंग विवाह गर्ने कुरा थाहा पाएपछि उनी आश्चर्यमा परेका रहेछन्राजेशले मसंग के भन्थ्यो भने हे दाइ नेपाली केटी मलाई मनै पर्दैन त्यसैले नेपालीसंग विवाह गर्दिन भन्थ्यो उसंग जहिले पनि विदेशी केटी नै साथमा हुन्थी अहिले सुन्दैछु दिपालाई विवाह गर्दैछ रे, मलाई लाग्छ यो विवाह भए पनि दीर्घकालिन हुदैन ’ 

के भन्छिन दीपाश्री ? 
त्यो समाचारको सत्यताका बारेमा  दिपा श्री निरौलाको कुरा भनें अर्कै  
आज विहानै मैंले पनि राजेश दाईसँग मेरो विवाह हुने भनेर कुनै पत्रिकाले समाचार छापेको रे भन्ने सुनें समाचार सुनेर अचम्ममा परें पत्रिका खोजें तर भेटिन पछि बुझ्दै जाँदा त्यो विराटनगरको स्थानीय पत्रिकाले छापेको रैछ यो समाचार सरासर गलत हो यो समाचार सुनेंदेखि तनावमा छु नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम तितो सत्यको सुटिङ्गको दिन हो आज त्यही समाचारका कारण मैंले राम्ररी सुटिङ्ग पनि गर्न सकेकी छैन आज दिनभरी नै सुटिङ्गमा व्यस्त छु त्यो झुठो समाचार छाप्ने पत्रिकालाई के गर्ने भन्ने विषयमा भोली तिर राजेश दाई तथा अरु आफन्तसँग सल्लाह गर्छु आवश्यक कारवाही अघि बढाउँछु लण्डनमा भएको कार्यक्रममा एक महिनासम्म राजेश दाई मसँगै थियौं हाम्रो टोली केहीदिनअघि मात्र लण्डनबाट फर्किएको हो त्यसपछि मैंले राजेश दाइसँग भेट्न पनि पाएको छैन
पत्रिकाले कामेश्वर झालाई उद्धृत गर्दै मेरो विवाह राजेश हमालसँग हुने भनेर छापेको रे मेरो विवाहका बारेमा बोल्ने अधिकार मेरा बाबु बाहेक अरु कसैलाई छैन झाले किन त्यस्तो झुठो कुरा गर्नु भयो त्यो पत्रिकाले मेरो विहेको बारेमा मलाई एक पटक पनि नसोझी किन झुठो समाचार छाप्यो मैंले बुझेको छैन जन्मे हुर्केको ठाउँ विराटनगर नै हो मलाई मेरैं गाउँको पत्रिकाले यस्तो गर्छ जस्तो लागेको थिएन तर त्यो पत्रिकाले किन त्यस्तो झुठो समाचार छाप्यो आफैं अलमलमा छु



IF you enjoyed this post and wish to be informed whenever a new post is published, then make sure you   subscribe to our regular Email Updates.

Receive all updates via Facebook. Just Click the Like Button Below

You can also receive Free Email Updates:

Powered By Blogger Widgets