Translate

Thursday, June 21, 2012

यौन शोषणको आरोपमा चपली हाइटकी हिरोइन विनिता बराल पक्राउ....

केपी ढुंगाना/स्मृति ढुंगाना, काठमाडौं, असार ७ - यौनको विषयमा बनेको फिल्म चपली हाइटबाट चर्चामा आएकी हिरोइन विनिता बरालसहितका केही कलाकारलाई प्रहरीले पक्रेको छ।
यौन शोषण, धम्की र दुर्व्यवहारको आरोपमा ललितपुर प्रहरी परिसरले उनीलगायत चपली हाइटका हिरो राज घिमिरेलगायतलाई हिजो रातिदेखि थुनामा राखेको हो। 
 गम्भीर अपराधको आरोपमा उनीहरुलाई हिरासतमा लिइएको प्रहरीस्रोतले जानकारी दियो। हिरासतमै राखेर उनलाई अनुसन्धान गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
 ‘चपली हाइट’का नायक राज घिमिरेले आफ्नै सहयात्री नायिका विनिता वरालमाथि सार्वजनिक सञ्जाल फेसवुक मार्फत आफूलाई गाली वेइज्जति गरेको आरोपमा उनीविरुद्ध उजुरी दर्ता गराएपछि ललितपुर प्रहरी परिसरले नायिका विनिता बरालसंग प्रहरीले सोधपुछ थालेको छ । समाजिक सञ्जालको दुरुपयोग गरी सार्वजनिक अपराध गरेको आरोपमा चपलि गर्ल बिनिता बराल र मोडल दिक्पाल कार्की विरुद्ध नायक राजले उजुरी दर्ता गराएपछि ललितपुर प्रहरीले नायिका बिनिति र मोडल कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । सोधपुधका लागि प्रहरी नियन्त्रण रहेकी नायिका बिनितालाई प्रहरीले आवश्यक पर्दा वोलाउने गरी छोडिदिएको छ ।
विनय डीसी र सगुन केसीको नाममा फेसवुक चलाउदै आएका मोडल कार्कीले फेसवुकवाट विभिन्न गाली बेइज्जतिका शब्दहरु प्रयोग गरेको र आफ्नो मोवाइल नम्बर अरुलाई दिदै हिडेको आरोपमा नायक राजले उनी विरुद्ध प्रहरीमा उजुरी दर्ता गराएपछि प्रहरीले उनीहरुलाई बयानका लागि वोलाएको हो । राजले प्रहरी समक्ष बयान दिदै नायिका विनिता बराले दिक्पाललाई गालाी वेइज्जतिका शव्द प्रयोग गर्न प्रेरित गरेको भन्दै बिनिताको नाम पनि दिएपछि प्रहरीले विनितापनि घटनाको दोषीको रुपमा तानिएकी हुन् । यही घटनालाई लिएर प्रहरीले मोड दिक्पाल कार्कीलाई नियन्त्रणमा लिएको ललितपुर महानगरिय प्रहरी परिसरका इङ्लिस्पेक्टर अबधेष विष्टले जानकारी दिनु भयो ।
 मोडल दिक्पाल कार्कीले प्रहरीसमक्ष वयान दिदै घटनामा आफू दोषी रहेको स्वीकार गरेका छन् । भने नायक राज घिमिरेले नायिका विनिता बराको उक्साहटमा एकमहिनादेखि आफूलाई गाली वेइज्जति गर्ने गरेको वताए । राजले भने,’विनिताको उक्साहटमा मलाई एकमहिनादेखि फेसबुकमार्फत विभिन्न गालि वेइज्जति, अश्लिल तस्वी पठाएर मानसिक तनाव दिए । अन्तिममा आएर आएर प्रहरी समक्ष उजुरी हाल्न बाध्य भए ।’ यस्तै नायक यसराजले पनि आफूलाई पनि सोही व्यक्तिको फेसवुक एकाउन्टवाट विभिन्न खाले उछि्र्र्रङ्खल एसएमएस आएको वताए ।  प्रहरीले वुधवारमात्र नायिका बराल र मोडल कार्कीसंग वयान लिएको थियो । घटनावारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक क्टर विष्टले वताउनुभयो ।
Source: http://www.nagariknews.com, http://onlinekhabar.com

Receive all updates via Facebook. Just Click the Like Button Below

You can also receive Free Email Updates:

Powered By Blogger Widgets